काठमाडौँ जिल्लामा एमालेले खाता खोल्यो !

काठमाडौँ – काठमाडौँ जिल्लामा नेकपा एमालेले खाता खोलेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट एमालेले खाता खोलेको हो।

निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार गोकर्णेश्वर नगरपालिका वडा नम्बर-१ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन्।

साथै वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै निर्वाचित भएकाे छ। शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना भैरहेको छ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । ती मध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो ।

शुक्रबार भएको मतदानमा वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : शनिबार, बैशाख ३१, २०७९११:५३

काठमाडौँमा बालेन साहले लिए अग्रता !