कसले जित्ला एफए कप ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् ।

फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार तेस्रो सिजन एफए कपको फाइनल खेल्दैछ । पछिल्लो ६ सिजनमा चेल्सी फाइनल पुगेको यो पाँचौ अवसर हो ।

यसअघि दुवै संस्करणमा चेल्सी आर्सनल र लेस्टर सिटीसँग पराजित भएको थियो । गत सिजन थोमस टुचेल प्रशिक्षक रहँदा चेल्सीले लेस्टरसँग हार बेहोरेको थियो ।

यता लिभरपुल भने सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनल खेल्दैछ । सन् २००६ पछि लिभरपुलले यो उपाधि जित्न सकेको छैन । त्यसयता चेल्सीले भने ५ पटक एफए कप जितिसकेको छ । कोभिड संक्रमणपछि पहिलो पटक वेम्बली रंगशालामा पूर्ण क्षमतामा दर्शक उपस्थिति रहनेछ ।

फाइनलका लागि लिभरपुलका मिडफिल्डर फाबिन्हो चोटका कारण उपस्थित हुने छैनन् । चेल्सीले पनि मिडफिल्डर द्वय माटियो कोभाचिच र एन्गोलो कान्टे खेल्ने नखेल्ने निर्णय गरिसकेको छैन । दुवै खेलाडी चोटबाट फर्कने क्रममा छन् ।

चेल्सी र लिभरपुलबीच पछिल्लो तीन सिजनमा दशौं भेट हुना लागेको हो । प्रिमियर लिगमा भएका ६ खेलमा लिभरपुलले तीन जित दर्ता गर्दा चेल्सीले एकपटक मात्र जितेको छ । लिभरपुलका प्रशिक्षक क्लोपले हालसम्म एफए कप जित्न सकेका छैनन् । उनी अन्य उपाधि जितको अवस्थामा प्रतिष्ठित एफए कप जित्न चाहन्छन् ।

खेल कुन च्यानलमा हेर्ने ?

चेल्सी र लिभरपुल बीचको खेल खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ च्यानलमा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, बैशाख ३१, २०७९१४:३९

कहिले साकार होला रियलबाट खेल्ने एम्बाप्पेको सपना ? पीएसजीको तगारो कहिले सम्म ?