दीपकको कटाक्ष – एमाले र कांग्रेस मिलेको भए मात्रै बालेनलाई हराउने सक्ने रहेछन्

काठमाडौँ – प्रारम्भिक मतपरिणाम अनुसार काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन साहले अग्रता बनाइरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वार भन्दा बालेन धेरै अगाडी देखिन्छन्।

दोस्रो स्थानकी सिर्जना सिंह र तेस्रो स्थानका केशव स्थापित भन्दा बालेन धेरै मतले अगाडि देखिएकाबेला चर्चित कलाकार दीपक राज गिरीले एमाले र कांग्रेसलाई कटाक्ष गरेका छन्। गिरीले सामाजिक संजाल मार्फत एमाले र कांग्रेसलाई कटाक्ष गरेका हुन्।

गिरीले प्रारम्भिक परिणाम हेर्दा काठमाडौँ महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई पछि पार्न सक्थे होला भन्ने उल्लेख गरेका छन्। गिरी सामाजिक संजालमा लेख्छन्,”प्रारम्भिक परिणाम हेर्दा काठमाडौँ महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्ने रहेछन् …”

प्रकाशित : शनिबार, बैशाख ३१, २०७९१८:२१

मेयरका उम्मेदवार लाञ्छना सुनेर निर्वाचन अधिकृत बेहोस !