काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकामा गठवन्धनको तर्फबाट मेयर पदको उम्मेद्वार रहेकी रेणु दाहालले अग्रता लिएकी छन्। मतगणना शुरु भएपछि लगातार पछि परिरहेकी रेणुले चार घण्टा पछि अग्रता लिएकी हुन्।
यो समाचार तयार पार्दा सम्म रेणुले १ सय ३३ मत प्राप्त गरेकी छन्। उनलाई नेकपा एमालेका विजय सुवेदी रेणु भन्दा ६ मतले अगाडी छन्। उनले अहिले सम्म १ सय २७ मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिकाको मतगणना आज मध्यान्नबाट सुरु भएको छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उनले जानकारी दिए
। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । सो महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलब ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।