काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै पछि परेका छन्। आइतबार बिहान सम्म ५ हजार भन्दा बढी मत गणना हुँदा दुवै दल स्वतन्त्र उम्मेद्वार भन्दा धेरै पछि देखिएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्। यो समाचार तयार पार्दा सम्म बालेनले प्राप्त गरेको मतसंख्या २ हजार नाघेर २ हजार ७१ पुगेको छ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। उनी बालेन भन्दा ९ सय ७ मतले पछि छन्। उनी अहिले सम्म १ हजार १ सय ६४ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन्। उनी स्थापित भन्दा १ सय ५८ र बालेन भन्दा १ हजार ६५ मतले पछि छिन्।