काठमाडौँ – जेठ महिनाको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साताको बिहिबार बढेको सुनको मूल्य यस साताको पहिलो दिन घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९६ हजार ५ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन साढे २ महिनाकै सस्तो
पछिल्लो गिरावट पछि सुन साढे दुई महिना भन्दा बढी समयकै सस्तो भएको छ। आज कायम भएको सुनको मूल्य फागुन ११ गते अर्थात् ८१ दिनकै सस्तो हो। त्यसदिन सुन छापावाला सुन ९६ हजार ५ सय र तेजाबी सुन ९६ हजार रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १० ले घटेर नेपाली बजारमा १ हजार २ सय ४० रुपैंयाँमा कारोबार भइरहेको छ।

