भोलि हुँदै गरेको चन्द्रग्रहणमा यी ४ राशिलाई शुभ परिणाम, हरेक क्षेत्रबाट हुनेछ लाभै-लाभ !

भोलि मे १६ मे तारिकमा पूर्ण चन्द्र ग्रहण लाग्ने भएको छ । यस ग्रहणलाई नेपालबाट भने देख्न सकिने छैन साथै यस चन्द्र ग्रहणको सुतक अवधि नेपालमा मान्य हुने छैन । जब ग्रहण लाग्दछ यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ । ज्योतिष शास्त्रका अनुसार यो ग्रहणले ५ राशिका व्यक्तिलाई निकै शुभ हुने भएको छ ।

धर्म र ज्योतिषमा सूर्य ग्रहण, चन्द्र ग्रहण शुभ नमान्ने भएकाले यस समयमा केही यस्ता काम छन् जसलाई गर्न निषेध गरिएको छ । भोलि लाग्ने यो चन्द्र ग्रहण उत्तर दक्षिण अमेरिका, युरोप, अफ्रिकाका केही भागमा देखिने छ । जान्नुहोस् यो ग्रहणले कुन-कुन राशिका लागि शुभ हुन्छ ?

मेष राशि

भोलि हुने चन्द्र ग्रहणले मेष राशिका व्यक्तिहरूलाई राम्रो फल दिनेछ। करियरमा प्रगति हुनेछ । व्यापारीलाई आफ्नो क्षेत्रमा सोचे भन्दा  अधिक फाइदा हुनेछ । यस राशिका मानिसहरुलाई धन आर्जनको प्रबल सम्भावना हुन्छ । काममा पनि सफलता मिल्नेछ ।

वृष राशि 

वृष राशिका लागि यो चन्द्र ग्रहण शुभ मानिन्छ । यो समयमा वृष राशिका व्यक्तिले केही धैर्यता राख्नुपर्छ जसको परिणाम स्वरूप ठूलो सफलता उसको झोलामा हुनेछ। मान सम्मान बढ्नेछ। महत्त्वपूर्ण काम सम्पन्न हुनसक्छ ।

सिंह राशि

सिंह राशिका लागि पनि यो चन्द्र  ग्रहण अनुकूल रहनेछ । टस चन्द्र  ग्रहणको समयमा सिंह राशिका व्यक्तिले  केही सुखद समाचार प्राप्त गर्न सक्छन्। आकस्मिक धन लाभ हुनेछ, जसले आफ्नो आर्थिक स्थिति बलियो बनाउँछ। पारिवारिक वातावरण खुसी रहनेछ।

कुम्भ राशि

भोलि हुने चन्द्र ग्रहण कुम्भ राशिका लागि शुभ समय ल्याउनेछ । यस समयमा कुम्भ राशिका व्यक्तिले नाफा मुलक काम पाउने छन् । नयाँ काम सुरु हुनेछ। तर यस समयमा कुनै पनि काम गर्दा अग्रज व्यक्तिको राय लिनुहोस्, अन्यथा घाटा हुन सक्छ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९११:१९

भोलि ८० वर्षपछि चन्द्र ग्रहणमा दुर्लभ योग, यस राशिका व्यक्ति रहनुहोस् सावधान !