पूर्वमन्त्री अर्यालका श्रीमान वडामै पछारिए !

काठमाडौँ – नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान स्थानीय निर्वाचनमा पराजित भएका छन्। अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमै पराजित भएका हुन्।

पौडेल स्याङ्जाको वालिङ नगरपालिका-१ बाट सदस्यमा उठेका थिए। जिल्ला समन्वय समिति प्रमुख बन्ने योजना बोकेर वडा सदस्यमा उठेका उनी कांग्रेस उम्मेदवारसँग पराजित भए।

पौडेललाई हराएर कांग्रेसका सम्भव अर्याल निर्वाचित भए। अर्यालले १ हजार १ सय १२ भोट पाउँदा पौडेलले ६४५ भोट पाए। सो वडामा १८३४ भोट खसेको थियो।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१३:५९

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमालेको अग्रता, तीनमा कांग्रेसको ! कहाँ-कहाँ ?