काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ। मतगणनाको शुरुवात देखि नै अग्रता बनाउँदै आएका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई कायमै राखेका हुन्।
यो समाचार तयार पार्दा सम्म बालेनले तीन हजार १ सय १० मत प्राप्त गरिसकेका छन्। उनी दोस्रो स्थानका नेकपा (एमाले)का उमेदवार केशव स्थापित भन्दा १ हजार ४ सय ६७ मतले अगाडी छन्।
स्थापितले अहिले सम्म एक हजार ६ सय ४३ मत मात्र प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६०२ पाएकी छन्।

