धरापमा रेणु दाहाल, अग्रता ह्वात्तै घट्यो !

काठमाडौँ – शनिबार देखि शुरु भएको भरतपुर महानगरपालिकाको मतगणना आइतबार पनि जारी छ। आइतबार साँझ सम्म त्यहाँ ६ हजार १ सय ७७ मतगणना गरिएको छ।

यो समाचार तयार पार्दा सम्म गठवन्धनका लागि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रतालाई कायम राखेकी छन्। अहिले सम्म उनले दुई हजार २ सय १२ मत प्राप्त गरिसकेकी छन्।

यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मतान्तर घटाएका छन्। दाहाल र सुवेदी बीचको मतान्तर २३ मा झरेको छ। सुवेदीले अहिले सम्म २ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ७३२ मत पाएका छन् ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१८:२१

सिके राउतको पार्टीले खाता खोल्यो !