स्थापित र सिर्जनाको मत जोड्दा पनि बलेन नै अगाडी !

काठमाडौँ – मतगणना शुरु भएदेखि नै मतगणनामा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई कायमै राखेका छन्। विभिन्न वडाहरुको मतगणना अन्तिम अवस्थामा पुग्न लाग्दा बालेनको अग्रता थप बढिरहेको छ।

आइतबार साँझ ७ बजे सम्म बालेनले बालेनले ३८ सय ३४ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १९९६ मत ल्याएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ सय २ मत ल्याएकी छन्। स्थापित बालेन भन्दा १८ सय ३८ मतले अगाडी छन्। त्यस्तै सिंह भने २ हजार ३२ मतले बालेन भन्दा पछि छिन्।

अहिले सम्मको मतगणना अनुसार स्थापित र सिंहको मत जोड्दा समेत बालेनलाई भेट्ने अवस्था छैन। स्थापित र सिंहको मत जोड्दा ३७ सय ९८ हुन आउँछ। दुवैको मत जोड्दा पनि बालेन ३६ मतले अगाडी हुन्छन्।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१९:२९

पोखरामा ४६ सय गणना, गठबन्धन अग्रता थपियो