काठमाडौँ महानगरमा एमालेले खाता खोल्यो !

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ। महानगरपालिका वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएसँगै एमालेले काठमाडौँ महानगरमा खाता खोलेको हो।

आइतबार साँझ सम्पन्न मतगणनामा भरतलाल श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठलाई पछि पारे। एमालेका भरतलालले ६२२ मत प्राप्त गर्दा कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरे।

त्यस्तै स्वतन्त्रका राजकुमार श्रेष्ठले ४४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्। सदस्यमा एमालेकी रसला तन्डुकार, नेपाली कांग्रेसका मीना सुनार, शुभरत्न खड्गी र रोसन श्रेष्ठ निर्वाचित भए।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९२१:२५

कांग्रेसको गढमा एमालेका २८ वर्षे इन्जिनियरले गाडे झण्डा, बने गाउँपालिका अध्यक्ष !