काठमाडौँ – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धन पुनः शिर्ष स्थानमा फर्किएको छ। गठबन्धनबाट मेयरको पदमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहाल मतगणनामा पुनः शिर्ष स्थानमा फर्किएकी हुन्।
८ हजार ८५ मतगणना हुँदा रेणुले २ हजार ९ सय १८ मत प्राप्त गरेकी छन्। उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीले अहिले सम्म २ हजार ९ सय १५ मत प्राप्त गरेका छन्।
दाहाल र सुवेदी बीच ३ मतको अन्तर छ। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ सय २४ मत प्राप्त गरेका छन्।

