काठमाडौँ – काठमाडौं महानगरपालिकामा बालेन शाहको उच्च अग्रता कायमै छ। शनिबारबाट निरन्तर अग्रता बनाइरहेका बालेन शाहले आइतबार राति सम्म अग्रतालाई उच्च बनाएका हुन्।
यो समाचार तयार पार्दा सम्म बालेनले ४३६५ मत प्राप्त गरेका छन्। बालेन दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापित भन्दा २०६५ मतले अगाडी छन्। स्थापितको २३०३ मत छ।
त्यस्तै बालेन तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २२९८ मतले अगाडी छन्। सिंहले २०६७ मत प्राप्त गरेकी छन्।