चन्द्र ग्रहण सुरु भयो , रगतको रङमा देखिनेछ चन्द्रमा यसरी हेर्नुहोस् लाइभमा रोमाञ्चक दृश्य!

वर्षको पहिलो चन्द्र ग्रहण नेपाली समय अनुसार बिहान ०८ बजेर १२ मिनेटमा सुरु भई दिउँसो १२ बजेर ३५ मिनेटसम्म रहनेछ । अर्थात् चन्द्र ग्रहण करिब ५ घण्टासम्म रहनेछ । चन्द्र ग्रहणको समयमा चन्द्रमा पूर्णिमाको चन्द्रमा रातो गोलो जस्तो देखिन्छ। यसलाई ब्ल-ड मुन भनिन्छ। यो चन्द्र ग्रहण नेपालमा नदेख्ने भए पनि नेपालीले ब्ल-ड मुन देख्न सक्नेछन् ।

 

स्पेस एजेन्सी नासाले वर्षको पहिलो चन्द्र ग्रहणको प्रत्यक्ष प्रशारण गरिरहेको छ । यस लाइभ स्ट्रि-म मार्फत, मानिसहरूले ब्लड मुनको सुन्दर र रोमाञ्चक दृश्य हेर्न सक्षम भएका छन् । नासाले ट्वीट गर्दै यो जानकारी दिएको हो । मानिसहरूले नासाको साइट र ट्विटर मार्फत ब्ल:-ड मुनको प्रत्यक्ष प्रसारण हेर्न सक्छन्।

अहिले चन्द्र ग्रहणको समयमा चन्द्रमा रातो रङ्गको देखिएको छ । त्यसैले यसलाई ब्लड मुन भनिएको हो । वास्तवमा चन्द्र ग्रहणको समयमा चन्द्रमाको रंग परिवर्तनको वैज्ञानिक पक्ष यो हो कि यस समयमा सूर्यको किरण पृथ्वी हुँदै चन्द्रमामा पर्छ। यस्तो छायाका कारण ग्रहणको समयमा चन्द्रमाको रंग रातो, तामाको जस्तो देखिन्छ। चन्द्र ग्रहणको समयमा ब्लड मुन हेर्न चाहनेहरूले नासाको साइट वा ट्विटर खातामा गएर यसको लाइभ स्ट्रि-म हेर्न सक्नुहुन्छ।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९११:०५

आज वर्षको पहिलो चन्द्रग्रहण, यी राशिका व्यक्तिले करियरमा पाउँछन् खुब प्रगति!