मतदानभन्दा १५ मत बढी भेटिएपछि तनाव, प्रहरीले गर्‍याे हवाइ फायर !

जनकपुरधाम, धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएकाे भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी-१ लखौरी गाउँमा मतदानकाे मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएकाे थियाे । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।

विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेकाे थियाे । धनाैजी-३,४ र ५ को मतगणा सम्पन्‍न भइसकेको छ ।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९०९:५१

कांग्रेसको अर्को आधार क्षेत्रमा एमालेको धावा !