आज जेष्ठ ३ गते मंगलबार,कतिको शुभ रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सानो सानो कुरामा दिमागी सन्तुलन गुमाउनुहुनेछ। आफ्नो क्रोधी स्वभावलाई काबुमा राख्न सक्नुहुनेछैन। तपाई घरमा एक्लै रहन मन पराउनु हुनेछ। जसकारण तपाईको रिस शान्त हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कोहिले तपाईलाई जिस्काउने प्रयास गर्नेछ। तपाइँलाई आदर्शपूर्ण विचारको अवहेलना भएको प्रतीत हुनेछ। तपाईको व्यक्तित्वमा स्वभाव विरुद्द परिवर्तन आउनेछ।  अरुलाई उदार व्युव्हार देखाउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईं अधिक भावुक बन्नुहुनेछ। स्वास्थ्य, खानपान, जागिर र कामको गुणस्तर जस्ता प्रश्नहरूले चिन्तित हुनुहुनेछ। स्वास्थ्य र सरसफाइमा ध्यान दिनु आवश्यक रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईका लागि दिन चुनौतीपूर्ण रहनेछ। तपाईमा केहि नयाँ साहसिक कार्य सुरु गर्ने इच्छा हुनेछ,  तर हतार गर्नु आवश्यक रहेको  छैन। अधुरा कार्यहरु पुरा हुनेछन् । व्यापार वा लेनदेन सन्तोषजनक हुनेछ। व्यापार वा पारिवारिक कारणले स्थानान्तरणको सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कार्यालयमा राम्रो स्थिति प्राप्त गर्न सक्नुहुन्छ। आफ्नो काम र सम्बन्धित मामिलालाई प्राथमिकता दिनुहुनेछ। त्यसका लागि तपाईले थप मिहिनेत पनि गर्नुहुनेछ। परिश्रमको फल नमिल्न सक्छ। धेरै छोटो समयमा राम्रो परिणाम प्राप्त गर्नेछ। व्यक्तिगत जीवनमा कुनै उल्लेखनीय घटना घट्ने छैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाइको दिन शुभ रहनेछ। कार्यालयमा कर्मचारी र उच्च अधिकारीहरूले खुशी पार्नुहुनेछ। दिनचर्यामा हरेक कार्य सजिलै सम्पन्न हुनेछन्। तपाईको महत्वाकांक्षी स्वभावले सफलताको शिखरमा पुग्न मद्दत गर्नेछ। तपाईको कार्यकुशलता देखेर उच्च अधिकारीबाट प्रशंसा हुने सम्भावना छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

खर्च नियन्त्रण गर्नुहोला। तपाईले आवश्यकता भन्दा बढी खर्च गर्नुहुनेछ। विदेशबाट भएको सम्पर्क लाभदायी र फलदायी रहनेछ। तपाईलाई सधैं आशावादी रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको सार्वजनिक जीवनमा हानि पु¥याउने प्रयास हुनेछ, तैपनि तपाईले त्यसको वास्ता गर्नुहुने छैन, किनकि तपाईसँग सम्बन्ध भएका व्यक्तिमा तपाईको साँच्चै राम्रो प्रतिष्ठा छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बिनाकारण विशेष प्रवृत्तिको कारण व्यस्त रहनुहुनेछ।प्रत्यक्ष रुपले आराम गर्ने दिन रहेको छ। मनमानी खर्च गर्नुहुनेछ। टाउकोमा आएको उत्तरदायित्व पूरा गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अनावश्यक काममा धन खर्च नगर्नुहोला। तपाईले आफ्नो बौद्धिक शक्ति कुनै रचनात्मक कार्यमा प्रयोग गर्नुहुनेछ। नयाँ र रोचक कुरा सिक्नको लागि दिन राम्रो छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको व्यक्तिगत जीवनमा तनाव व्याप्त रहनेछ। त्यसैले आफ्नो समस्यामा पूर्ण ध्यान दिनुपर्छ। तपाईको समस्या छिट्टै समाप्त हुनेछ। यो परिस्थितिलाई धैर्यतापूर्वक सामना गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अचानक यात्राको योजना बन्नेछ। फलस्वरूप अनावश्यक र अनिश्चित खर्चको सम्भावना होला। यात्रा गर्ने ठाउँमा कुनै असुविधाको सामना गर्नुपर्दैन र आरामसँग यात्राको आनन्द लिन सक्नुहुनेछ। यात्रामा जान सक्नुभएन भने विगतमा गरेको अविस्मरणीय यात्राको सम्झनामा हराएर सन्तुष्टि महसुस गर्नुहुनेछ।

 

 

 

प्रकाशित : सोमबार, जेठ ०२, २०७९१७:३०

ओलीको निर्वाचन क्षत्रेमै एमालेको बेहाल !