रेणु पुनः शिर्ष स्थानमा, पछि परे एमालेका उम्मेदवार !

g]skfsf cWoIf …k|r08ÚnfO{ :jfut ub}{ k|d'v bfxfn Mg]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf k'iksdn bfxfn …k|r08ÚnfO{ a'waf/ e/tk'/ ljdfg:yndf :jfut ub}{ e/tk'/ dxfgu/kflnsf k|d'v /]g' bfxfn . t:jL/ M gf/fo0f clwsf/L

काठमाडौँ – भरतपुर महानगरपालिकामा मेयरमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल मतगणनामा पुनः शिर्षमा फिर्ता भएकी छन्। केहि समय देखि मतगणनामा पछि परिरहेकी दाहाल पुनः शिर्ष स्थानमा फिर्ता भएकी हुन्।

यो समाचार तयार पार्दा सम्म रेणुले ५०३९ प्राप्त गरेकी छन्। उनी एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अगाडी छिन्। सुवेदीले अहिले सम्म ५०२७ मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मत २३५५ मत प्राप्त गरेका छन्। महानगरको उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६०४३ मत सहित अगाडी छन्। उनलाई राप्रपाकी हिमला गुरुङले ४०४२ मत सहित पछ्याइरहेकी छन्।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९१८:४१

२२ वर्षे युवाले निर्वाचनमा रचेको इतिहास..