रेनु एमाले भन्दा १० मतले अगाडी !

चितवन – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी हुन् ।

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरे।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाएका छन् ।

प्रकाशित : सोमबार, जेठ ०२, २०७९२०:४४

हेटौँडाको त्रिपक्षीय भिडन्त थप रोचक बन्दै राप्रपाले लियो अग्रता !