मेस्सीले च्याम्पियन्स लिग दिलाउन नसकेपनि पिएसजी मालामाल !

एजेन्सी – गत वर्ष अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। मेस्सी पिएसजी पुग्दा सर्वत्र क्लबले च्याम्पियन्स लिग जित्ने चर्चा थियो। मेस्सी, नेयमार र किलियन एम्बाप्पेको ट्रियोले पिएसजीलाई पहिलो च्याम्पियन्स लिग दिलाउने धेरैको अनुमान र आशा रहेपनि त्यो पूरा हुन सकेन।

मेस्सीले पिएसजी पुगेपछि खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। पिएसजीका लागि कुल ३३ खेल खेल्दा मेस्सीले मात्रै ११ गोल गरेका छन्। तर असिस्टमा भने मेस्सी अब्बल देखिएका छन्। मेस्सीको नाममा १३ असिस्ट छ।

मेस्सीले पिएसजीलाई च्याम्पियन्स लिग दिलाउन नसकेपनि पहिलो वर्षमा पिएसजीलाई आर्थिक रुपमा मालामाल बनाएका छन्। मेस्सीको आगमनले आर्थिक रुपमा पिएसजीलाई हुन सम्म फाइदा भएको छ।

ले इक्विपले गरेको दावी अनुसार पिएसजीले यस वर्ष झन्डै ७ सय मिलियन युरो आम्दानी गरेको छ। यो कतार स्पोर्ट्स इन्भेस्टमेन्टले क्लबको स्वामित्व लिए पछिको रेकर्ड आम्दानी हो।

क्लबले विज्ञापनबाट मात्रै ३ सय मिलियन युरो कमाउने ले इक्विपको दावी छ। मेस्सीले क्लब आम्दानीमा ठूलो प्रभाव पारिरहेका छन्। मेस्सीको आगमनले क्लबको जर्सीको व्यापारलाई पनि ह्वात्तै बढाएको छ। पिएसजीले १० लाख जर्सी बेच्दा ६० प्रतिशत जर्सी मेस्सीको नामको बेचिरहेको ले इक्विपले जनाएको छ। त्यस्तै मेस्सीको आगमन पछि टिकट बिक्रीमा पनि वृद्धि भएको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९०९:२७

हजारौं ट्वीस्टपछि अन्तत: रियलसँग सम्झौतामा हस्ताक्षर गरे एम्बाप्पेले !