किलियन एमबाप्पेले आइतबार राति भएको युएनएफपी (फ्रेन्च प्रोफेसनल फुटबलर्स युनियन) गालामा आफ्नो भविष्यको बारेमा निर्णय गरिसकेको घोषणा गरेका छन्।
गत हप्ता पूर्ण सम्झौता भएपछि फ्रान्सेली फरवार्ड यस गर्मीमा नि:शुल्क ट्रान्सफरमा रियल म्याड्रिड जाने स्पेनिस पत्रिका मार्काले जनाएको छ। अघिल्ला महिनाहरूमा बोलिएको सबै कुरामा सहमति भएको छ र एमबाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गर्न पेरिस सेन्ट-जर्मेनको दबाबको सफलतापूर्वक प्रतिरोध गरेका छन्।
सिजनको क्रममा फ्लोरेन्टिनो पेरेजको रणनीति स्पष्ट रहेको थियो। उनले रियलमा खेल्ने एमबाप्पेको सपनामा विश्वास गर्दै लस ब्लान्कोसको तर्फबाट केही हल्ला मच्चाएनन्। रियल म्याड्रिडका अध्यक्ष जनवरी १ बाट गर्न सक्ने भए पनि २३ वर्षिय युवासँग प्रत्यक्ष सम्पर्क गर्नबाट जोगिएका थिए।
यसैबीच, एमबाप्पेले गत हप्ताको सुरुमा म्याड्रिडको भ्रमण गरेका थिए, र सोमबार र मंगलबार दुई दिन थिए जब सम्झौतामा पुग्ने कुरा स्पष्ट भयो। रियल म्याड्रिडका महानिर्देशक, जोसे एन्जल सान्चेजले वार्ताको वातावरण बनाए र सम्झौता पूरा गर्न सम्भव सबै गर्न क्लबको प्राथमिकता बनाए। एमबाप्पे क्लबमा सामेल हुन सहमत भए, र उनका प्रतिनिधिहरूले रियल म्याड्रिडलाई अर्को कदम चाल्नु अघि पीएसजीसँगको सम्झौतालाई अन्तिम रूप नदिएसम्म पर्खन आग्रह गरेका छन्।
यसै कारण पनि रियल म्याड्रिड शान्त रहनेछ र खेलाडी आफैंले पीएसजीमा आफ्नो समय समाप्त भएको पुष्टि नगरेसम्म पर्खनेछ। एमबाप्पेलाई नि:शुल्क ट्रान्सफरमा अनुबन्ध गर्ने लागत गत गर्मीमा उनको लागि प्रस्ताव गरेको २० करोड युरोको तुलनामा फिक्का हुनेछ। अर्कोतर्फ, पीएसजीले यस गर्मीमा आफ्नो टोलीमा लगानी गर्न आवश्यक छ तर अबको समय भने एम्बाप्पेको प्रस्थान पछि उनीहरुसँग उक्त ट्रान्सफरबाट कुनै पैसा आउने छैन।
एमबाप्पेले करोडौंको रिलिज क्लजसँगै पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन्। उनको तलब पीएसजीले प्रस्ताव गरेको भन्दा कम हुनेछ।