“चुनाव अगाडी चितवनमा प्रहरी प्रशासनको आडमा पैसा बाँडियो”

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय निर्वाचनको अगाडी चितवनमा पैसा बाँड्ने काम भएको खुलासा गरेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पोखरेलले निर्वाचन अगाडी चितवनमा पैसा बाँड्ने काम भएको बताएका हुन्।

मंगलवार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकारले नै गुण्डागर्दी गरेको आरोप लगाए। नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न सरकारले सक्दो प्रयास गरेको पोखरेलको भनाई छ।

मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरी सिलबन्दी गरेर बाकससहित प्रतिनिधिहरू लैजान पाउने व्यवस्थालाई पालना नगरिएको पोखरेलले बताए।

“कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखापर्यो । मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरिकन, सिलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरू लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन।”,पोखरेलले भने।

पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको आरोप लगाए। चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण काम हुँदा पनि सरकारी पक्षले चासो नदिएको नदिएको पोखरेलको आरोप छ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१२:१५

स्थानीय निर्वाचनमा राप्रपाको ठूलो छलाङ ! कहाँ-कहाँ जित्यो ?