स्थानीय निर्वाचनमा रमेश खरेलको पार्टीले पनि खाता खोल्यो !

काठमाडौँ – नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले खाता खोलेको छ। स्थानीय निर्वाचनमा खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साबाट खाता खोलेको हो।

पर्साको पोखरिया नगरपालिकाको ९ नम्बर वडामा सुशासन पार्टीका नौसाद आलम वडाध्यक्षमा विजयी भएका छन्। नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानलाई पराजित गर्दै उनी वडाध्यक्षमा निर्वाचित भएका हुन्।

आलमले चौहानलाई १ सय ९० मतले पछि पारे। आलमले ८ सय ७७ मत ल्याउँदा चौहानलाई ६ सय ८७ मत ल्याए। पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा समेत उम्मेदवारी दिएको थियो।

जारी मतगणनामा मेयर पदमा सुशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा रहेका छन्। अग्र स्थानमा एमालेका उम्मेदवार प्रधुमन प्रसाद चौहान रहेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९१४:०६

ज्वाइँलाई हराएर जेठान मेयर बन्दै !