काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रता कायम राखेको हो।
पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले छ हजार ५६६ मतका साथ अग्रता लिएकी छन्। यो समाचार तयार पार्दा सम्म रेणु सुवेदी भन्दा १ सय ९७ मतले अगाडी छन्।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ३६९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार १९९ मत प्राप्त गरेका छन्।

