ज्योतिषशास्त्रका अनुसार शनिदेवको हरेक चालले मानव जीवनमा गहिरो प्रभाव पार्छ। हालै अप्रिल २९ मा शनिले कुम्भ राशिमा प्रवेश गरेको छ। अब यो राशिमा शनि छिट्टै प्रतिगामी हुँदैछ। शनिको प्रतिगामी गतिले सबै राशिहरूलाई असर गर्नेछ। कसैलाई राम्रो र कसैलाई अशुभ प्रभाव पार्नेछ। शनि ५ जुनमा प्रतिगामी हुँदैछ र २३ अक्टोबर २०२२ सम्म प्रतिगामी रहनेछ। जान्नुहोस् कुन राशिमा शनिको यो चालले मानिसको जीवनमा असर गर्छ।
यी राशिलाई हुनेछ शुभ
वृष राशि
यस राशिका व्यक्तिहरूलाई शनिको प्रतिगामी चालबाट लाभ मिल्नेछ। जागिर खोज्नेहरुका लागि समय शुभ रहेको छ। मिहिनेतको पूर्ण फल देखिन्छ। शुभ समाचार सुन्न पाइनेछ। जागिरमा पदोन्नति र तलब वृद्धिको सम्भावना छ। शनिको यो चाल व्यापार व्यवसायीका लागि पनि लाभदायक साबित हुन सक्छ।
कन्या राशि
यस राशिका मानिसहरुलाई शनिको कृपा मिल्नेछ। राम्रो काम पाउने प्रबल सम्भावना छ। हालको काममा केही परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो कामको लागि समय अनुकूल छ। नयाँ कामको थालनी गर्न सकिनेछ। आम्दानी बढ्ने प्रबल सम्भावना छ।
मकर राशि
यस अवधिमा शनिदेवको विशेष कृपा हुनेछ। बिग्रेका कार्य पूरा हुन सुरु हुनेछन्। नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने समय अनुकूल रहेको छ। कार्यस्थलमा तपाईंको छवि बलियो हुनेछ। हरेक काममा सफलता मिल्नेछ।
यी राशिलाई हुनेछ अशुभ
मेष राशि
मेष राशि हुनेहरुका लागि यो समय अनुकूल नहोला। मिहिनेतको पूरा फल नमिल्न सक्छ। कुनै काममा धेरै बाधा व्यवधानको सामना गर्नु पर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।
कर्कट राशि
यो राशिका व्यक्तिका लागि शनिको प्रतिगामी गति शुभ देखिँदैन। पैसाको लेनदेनमा सावधानी अपनाउनुहोला। पैसासँग सम्बन्धित कुनै पनि निर्णय सावधानीपूर्वक लिनुहोस्। अन्यथा क्षति हुन सक्छ।
सिंह राशि
पारिवारिक जीवनमा उतारचढाव आउन सक्छ। जसका कारण तपाईंको जीवनमा समस्या र तनाव झनै बढ्ने सम्भावना छ। कुनै पनि काममा सावधानी अपनाउनुहोला अन्यथा नोक्सान हुन सक्छ।