माओवादीबाट एमाले प्रवेश गरेका बेचन दास मेयरमा विजयी !

जनकपुरधाम,  नेकपा एमाले धनुषाकाको थप एक पालिका प्रमुखमा विजयी भएको छ । जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजिकिशोर रोहिता यादवले ३ हजार ४ सय २६ मत मात्र ल्याएका सकेका हुन् ।

त्यसैगरि, उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवी झा ४ हजार ६ सय ५९ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयरका उम्मेदवार सीमाकुमारी महतोले २ हजार ८ सय २७ मत ल्याएकी थिइन् ।

मेयरमा निर्वाचित दासअघि नेकपा माओवादी केन्द्रबाट पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर, पार्टी विभाजनको क्रममा उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित : मङ्गलबार, जेठ ०३, २०७९२१:१२

देउवाको जिल्लामा एमालेको पतासाफ !