रातभरमा रेणुको अग्रता ह्वात्तै बढ्यो !

काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रता कायम राखेको हो।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले नौ हजार ३६३ मतका साथ अग्रता लिएकी छन्। यो समाचार तयार पार्दा सम्म रेणु सुवेदी भन्दा १ हजार ३ सय ४४ मतले अगाडी छन्।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले आठ हजार १९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १ सय ९१ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी १११३६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ६५३५ मत ल्याएर पछ्याइरहेकी छन्।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९०६:३६

इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक !