पछि पर्यो, हार्न लाग्यो कि धाँधलीको आरोप ?

काठमाडौं । ०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित भए । तत्कालीन समयमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले अन्तर्घात गरेर भट्टराईलाई हराएको चर्चा अहिले पनि नेपाली राजनीतिमा चल्ने गरेको छ । कोइरालालाई एक शुभचिन्तकले सोधेका थिए, ‘तपाइँलाई त पार्टीभित्रैबाट अन्तर्घात गरेर हराए नि !’ जफावमा भट्टराईले भनेका थिए, ‘म देशको प्रधानमन्त्री, मलाई नै कसरी अन्तर्घात हुनसक्छ ?’ भट्टराईको त्यो कुटिल जफावले कांग्रेसमा तरंग ल्यायो ।

त्यतिबेला भट्टराईको जफावले स्पष्ट सन्देश दिएको थियो, ‘राजनीतिमा पैसा, शक्ति र बुद्धि आवश्यक थियो । त्यो हुँदाहुँदै पनि आफ्नो पराजय हुनु भनेको पार्टीभित्रैको अन्तर्घात थियो, जुन कसैगरि पनि रोक्न सकिदैन ।’ सो त माओवादीले पहिलो संविधानसभाको निर्वाचनमा आफ्नो पार्टी पहिलो भएपछि निर्वाचनबारे कुनै गुनासो गरेन । तर, दोश्रो चुनावमा भने माओवादीले धाँधलीको आरोप लगाएको थियो । स्थानीय तहको तेस्रो निर्वाचनमा माओवादीले कांग्रेससँग गठबन्ध गर्यो । तर, संविधानसभाको चुनावमा भने एमालेसँग गठबन्धन गरेर चुनाव लड्यो । तत्कालीन समयमा कांग्रेसले पनि धाँधलीको आरोप लगाएको थियो ।

वैशाख २० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले अग्रता लिइरहेका छन् । सुरुआति चरणमा एमालेले अग्रता लिएपनि पछि कांग्रेसले एमालेलाई उछिनेको छ । लगभग विलय हुने स्थितिमा पुगेको माओवादी केन्द्रले पनि स्थानीय तह निर्वाचनमा आफुलाई तेस्रो शक्तिको रुपमा उभ्याउने संकेत दिएको छ । तर, अन्तिम नतिजा नआएसम्म अहिले नै केही भन्न सकिने अवस्था छैन ।

सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले अहिले प्रमुख पदमा १ सय ६० भन्दा बढी स्थानमा जित हाँसिल गरिसकेको छ । सत्ता गठबन्धनमै आबद्ध माओवादी केन्द्रले पनि ८० पालिकाको प्रमुख पदमा जित हाँसिल गरिसकेको छ । अग्रताको कुरा गर्दा कांग्रेसले एक सय ३५ स्थानभन्दा बढी र माओवादी केन्द्रले ५७ भन्दा वढी स्थानमा अग्रता लिएका छन् । नेकपा एमालेले १ सयभन्दा बढी स्थानमा प्रमुख पद जितेको छ । एमालेले १ सय २५ स्थानमा अग्रता लिएको छ ।

मत गणनाको प्रारम्भिक चरणमा आफुले एकलौटी जित हासिल गर्दा एमाले चुप लागेर बस्यो । उसले मतगणनालाई स्वीकारेको देखियो । तर, जब कांग्रेस र माओवादीको जितसँगै अग्रता बढेपछि भने एमालेले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । एमालेले विज्ञप्ति नै जारी गरेर निर्वाचनमा सत्तापक्षले हस्तक्षेप गरेको र सुरक्षाकर्मीको दुरुपयोग गरेर धाँधली गरेको आरोपसमेत लगाएको छ । एमालेले भनेजसो निर्वाचनमा साँच्चिकै धाँधली भएकै हो त ? यस विषयमा स्वयं आयोग र आयोगकै दुई जना पूर्वप्रमुख आयुक्तको धारणा फरक छ ।

००००‘चुनावमा धाँधली भयो’नेकपा एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएको छ । मंगलबार बसेको संसदको अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमालेका सांसद प्रदीप ज्ञवालीले निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाए । सांसद ज्ञवालीले पहिले सरकारले स्थानीय तह निर्वाचन नै गराउन नचाहेको र पछि निर्वाचन गराउन बाध्य भए पनि राज्य शक्तिको प्रयोग गरी धाँधली गरेको दाबी गरे । एमालेले यसअघि विज्ञप्ति नै जारी गरेर निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो ।

‘पहिला सरकारले निर्वाचन नै गराउन चाहेको थिएन । अन्तिम समयसम्म पनि चुनाव सार्ने तयारी गरेको थियो,’ एमाले नेता ज्ञवालीले भने, ‘चुनाव गराउन बाध्य भएपछि राज्य शक्तिको प्रयोग गरेर धाँधली गरियो । हामी यो तथ्य संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’ ज्ञवालीले अहिले आइरहेको परिणाम स्वभाविक नभएको दाबी पनि गरे ।

उनले निर्वाचनको नतिजा जस्तो आए पनि एमाले त्यसबाट रत्तिभर नआत्तिने धारणा पनि ब्यक्त गरे । ‘निर्वाचनको परिणामले एमाले रत्तिभर अत्तालिएको छैन,’ उनले भनेका छन् ।यसअघि २०७४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमाले सबैभन्दा बढी स्थानीय तह जित्दै ठुलो दल बनेको थियो । यसपटकको निर्वाचनमा हालसम्म घोषित परिणामलाई हेर्दा एमालेले विगतको साख जोगाउने संकेत देखिएको छैन ।

-सौर्य दैनिकबाट

प्रकाशित : बुधबार, जेठ ०४, २०७९०७:००

जसपाको निष्कर्ष – ‘गठबन्धनबाटै धोका भयो’