सलाह र भर्जिल भान डाइक रियल विरुद्धको खेलका लागि उपलब्ध होलान् ?

एजेन्सी – गत साता लिभरपुलले एफए कपको फाइनलमा चेल्सीको सामना गर्यो। सो खेलमा लिभरपुल विजयी निस्कियो। एफए कप च्याम्पियन बनेपनि सो खेलमा लिभरपुलले टोलीका महत्वपूर्ण दुई खेलाडी गुमाएको थियो।

चेल्सी विरुद्धको खेलमा लिभरपुलका मोहम्मद सलाह र भर्जिल भान डाइक घाइते भएका थिए। चेल्सी विरुद्धको खेलको ३३ औं मिनेटमा सलाह घाइते भएका थिए। प्रशिक्षक योर्गेन क्लोपले सलाहको स्थानमा डिएगो जोटालाई मैदान प्रवेश गराएका थिए।

त्यस्तै क्लोपले भान डाइकलाई पनि प्रतिष्थापन गर्न परेको थियो। खेलको ९० औं मिनेटमा उनको स्थानमा क्लोपले जोएल माटिपलाई मैदान पठाएका थिए।

मंगलबार राति लिभरपुलले साउथह्याम्टनको सामना गर्दा दुवै खेलाडी अनुपस्थित थिए। टोलीका दुई खेलाडी घाइते हुँदा लिभरपुल समर्थक चिन्तित छन्। सिजनकै महत्वपूर्ण खेल आइरहेका बेला महत्वपूर्ण खेलाडी घाइते हुँदा लिभरपुललाई पर्न सम्म पिर परेको छ।

आउने दुई साता भन्दा कम समयमा लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ। प्राप्त जानकारी अनुसार सलाह र भान डाइक सो खेलका लागि उपलब्ध हुन सक्नेछन्।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपका अनुसार सबै राम्रो गएको खण्डमा दुई खेलाडी च्याम्पियन्स लिगको फाइनल अगाडी वुल्भ्स विरुद्धको खेलका लागि पनि उपलब्ध हुन सक्नेछन्।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९०७:३८

बेल रियलमा नबस्ने ! कहाँ जालान् ?