बार्सिलोनाले उस्माने डेम्बेले, गाभि र सर्जी रोबर्टोको सम्झौता नवीकरणलाई अन्तिम रूप दिन बाँकी छ, तर तीन मध्ये सबैभन्दा गाह्रो सम्झौता फ्रान्सेली स्टारको रहएको छ। दुई पक्ष बीच कुनै पनि प्रकारको सहमति निकै टाढा रहेको छ तर बार्सिलोनाले फ्रेन्च स्टारसँग एक बैठक तय गरेको छ जसको मिति भने अझै निर्धारण भएको छैन।
बार्सिलोना र डेम्बेले बीच कुनै प्रकारको सहमति नजुटेको समयमा लामो समय देखि पूर्व डर्टमण्ड स्टार माथि नजर राखेको बार्यन म्युनिखले खेलाडीलाई अनुबन्ध गर्ने अठोटका साथ अगाडी बढेको छ। तसर्थ, बार्सिलोनाले बायर्नसँग रोबर्ट लेवान्डोस्कीको लागि मात्र छलफल गरिरहेको छैन, तर डेम्बेलेको नाम – जुन ३० मा नि: शुल्क एजेन्ट हुने खेलाडी – पनि पप अप हुने सम्भावना रहेको छ।
बार्सिलोनाले फ्रेन्च स्टारलाई प्रस्ताव गर्ने तथ्याङ्क उनले जर्मन च्याम्पियन्सबाट प्राप्त गर्ने हाराहारी कै हुने विश्वास गरिएको छ। बार्यन म्युनिख आफ्नो टोलीबाट यस समरमा केही महत्वपूर्ण खेलाडी गुमाउने सम्भावनालाई ध्यानमा राख्दै डेम्बेलेसँग सम्पर्क बढाउने प्रयास गरिरहेको छ। बार्सिलोना नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको छ र कम तलब क्यापले उनीहरुलाई अझ कमजोर बनाएको छ, जुन वर्षौंको अनावश्यक खर्च पछि आएको हो।
सोही कारणले गर्दा, बार्सिलोनाले पेरिस सेन्ट-जर्मेन, पूर्व बोरुसिया डर्टमन्ड खेलाडी पछिको रहेको अर्को ठूलो क्लबले प्रस्ताव गरेको अफरको आस-पासको रकम पनि दिन सकेको छैन। तर, यी प्रस्तावहरूको बावजुद डेम्बेलेले अहिलेसम्म कुनै पनि क्लबसँग कुनै पनि प्रकारको सम्झौता गरेका छैनन्। फ्रान्सेली खेलाडी बार्सिलोनाको अन्तिम प्रस्तावको पर्खाइमा छन्, जुन अर्को बैठकमा प्रस्ताव हुनेछ।