तीन महिनाकै सस्तो भयो सुन ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन घटेर त्यसपछि बढेको सुनको मूल्य साताको चौंथो दिन आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९५ हजार ३ रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन तीन महिनाकै सस्तो

पछिल्लो गिरावट पछि सुन तीन महिनाक सस्तो भएको छ। आज कायम भएको सुनको मूल्य फागुन ४ गते अर्थात् ९१ दिनकै सस्तो हो। त्यसदिन सुन छापावाला सुन ९५ हजार १ सय र तेजाबी सुन ९४ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु १० ले घटेर नेपाली बजारमा १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९१०:५६

यी रहेछन् बानेश्वरमा सिलिन्डर विस्फोट गराउने चार व्यक्ति !