जेठ महिना कुन राशिलाई कति शुभ रहला ? हेर्नुहोस् यो महिनाको मासिक राशिफल !

मेष राशि 

जेठ महिनामा लामो समयदेखि रोकिएको काम पूरा हुन सुरु हुनेछन्। केही यस्ता कुरा हुनेछन् जसले मनमा शान्ति छाउनेछ। नयाँ कार्य सुरु गर्नको लागि यो समय निकै शुभ रहन्छ। भौतिक सुख मिल्नुका साथै बोलीको प्रभाव बढ्ने सम्भावना प्रबल देखिन्छ। अरुको कुरामा आएर आफ्नो निर्णयलाई हानि नगर्नुहोला। प्रेम जीवन सुखमय रहनेछ।

वृष राशि 

वृष राशिका लागि यो महिना सुखमय रहनेछ। पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राको अवसर आउनसक्छ। विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यमा संलग्न हुनु हुनेछ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या आउनसक्छ, सावधान रहनुहोला।

मिथुन राशि 

यस राशिका लागि जेठ महिना त्यति शुभ नरहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन तपाईंलाई यो महिना कठिन हुनसक्छ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि पनि यो समय शुभ नरहला। मध्य महिनापछि भने वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुँदा कार्य सफल हुन थाल्नेछन्। शेयर बजारको लगानीले सकारात्मक परिणाम दिनेछ।

कर्कट राशि 

यो महिनामा कर्कट राशिका मानिसले मिश्रित फल प्राप्त गर्नेछन्। वाणीमा संयम राख्नुहोला, अन्यथा हानि हुनसक्छ। स्वास्थ्यमा पनि यो समय प्रतिकूल हुने सम्भावना रहेको छ। महिनाको दोस्रो भागमा दानपुण्यका कार्यमा सहभागी भइनेछ। कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनुका साथै मानसम्मान पाउनेछन्। ठीक समयमा सही निर्णय लिन सकिनेछ।

सिंह राशि 

जेठ महिना यस राशिका मानिसका लागि शुभ रहन्छ भन्न सकिन्छ। प्रिय व्यक्तिसँगको भेटघाटले तपाईंको मन प्रशन्न रहनेछ। रमणीय यात्राको सम्भावना रहेको छ। धार्मिक यात्राको पनि योग रहेको छ। व्यावसायिक काममा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ। लामो यात्रा सुखद् र सफल हुनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

कन्या राशि 

जेठ महिनामा कन्या राशिका मानिसका लागि समग्रमा राम्रो महिना रहला। राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँगको भेटले मनोबल उच्च बनाउनेछ। महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

तुला राशि 

यो महिना तपाईंको लागि मिश्रित फलदायी रहनेछ। घर परिवारमा केही नकारात्मक अवस्था आउला। विश्वास पात्रले धोका दिन सक्छन्, सजग रहनुहोला। सरकारी निकायको भय रहला, सावधान रहनुहोस्। महिनाको अन्त्यमा भने तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ।

वृश्चिक राशि 

यो महिनामा तपाईंलाई निकै शुभ रहन्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भाग्यले पूरा साथ दिँदा हरेक काममा सफलता हात पर्नेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। वाहन लाभ मिल्ने सम्भावना रहेको छ। तपाईंको आत्म-विश्वास बढ्नेछ। आफ्नो योजना गोप्य राखेर काम गर्नुहोला।

धनु राशि 

धनु राशिका मानिसलाई यो महिनामा मिश्रित रहला। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विद्यार्थी वर्गका लागि पनि यो समय निकै शुभ रहन्छ। कार्यक्षेत्रमा ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। शेयर बजारको लगानी फस्टाउनेछ। महिनाको अन्त्यमा भने समय अनुकूल नरहला। राजनैतिक कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ।

मकर राशि 

जेठ महिनामा धार्मिक यात्राको योग बन्नेछ। कामका विभिन्न अवसर फेला पर्ने छन्। ठूला व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शेयर बजारको लगानी फस्टाउनेछ। व्यापार व्यवसायमा तपाईंको लागि यो समय निकै शुभ रहनेछ।

कुम्भ राशि 

कुम्भ राशिका मानिसहरुको यो महिनामा रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक र व्यवसायिक समस्या समाधान हुने देखिन्छ। प्रेम र मित्रताको बन्धन अझ बलियो भएर जानेछ। वैवाहिक जीवन पनि सुखमय रहनेछ। परिवारमा शुभ कार्यको चर्चा हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा बढ्नेछ।

मीन राशि 

यो महिना मीन राशिका मानिसको मन धर्मकर्म तथा समाजसेवामा लाग्नेछ। राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा रहेका मानिसलाई यो समय शुभ रहनेछ। शेयर बजारबाट विशेष लाभ मिल्ने सम्भावना रहेको छ। कला र मनोरञ्जन क्षेत्रमा तपाईंको रूची बढ्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९१३:२६

पैसा गन्दा झुक्केर पनि नगर्नुहोस् यस्ता गल्ती, अन्यथा कंगाल भइएला !