आज जेष्ठ ५ गते बिहिबार,कतिको शुभ रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका दिन निकै शुभ रहेको छ । घरमा सुख-समृद्धि रहनेछ। स्वास्थ्यको दृष्टिले पनि दिन राम्रो छ । अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

कार्यस्थलमा तपाईको कामबाट मालिक खुसी हुनेछन्। विगतमा गरेको कामले राम्रो प्रतिफल दिनेछ । धन लाभको सम्भावना छ । प्रेमिकासँग कतै जाने योजना बन्न सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कार्यक्षेत्रमा उच्च पदाधिकारीहरुको सहयोग रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। केही समय देखि आएका अवरोध हट्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसायमा उन्नतिको सम्भावना छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यर्थका कुराहरूमा नलाग्नुहोस्। कार्यदक्षताका साथ काममा सफलता मिल्नेछ । दिनले मिश्रित परिणाम दिनेछ। जीवनसाथीसँग कुनै रमणीय स्थानमा जाने योजना बन्न सक्छ। सबै कुरा धैर्यताका साथ गर्नु उचित हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यस्थलमा आफ्नो योग्यता प्रमाणित गर्न कडा परिश्रम गर्नुपर्नेछ। काम गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ। पुरानो साथीसँग भेटघाट हुन सक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साथीभाइको सहयोगले कुनै पनि काम सम्पन्न गर्न सहयोग मिल्नेछ। व्यापारको सिलसिलामा भएको यात्रा राम्रो रहनेछ। दिन आफ्नो जीवनसाथीसँग रमाइला कुराकानीमा समय बिताउनुहुनेछ। प्रेम सम्बन्धका लागि दिन अनुकूल छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

व्यापारसँग सम्बन्धित कुनै पनि कुराले तपाईलाई सताउन सक्छ। सवारी चलाउँदा होसियार हुनुहोस्। आफैले गरेको कार्यबाट जीवनमा समस्या सिर्जना गर्न सकिन्छ। कतै यात्रा गर्ने सोचमा हुनुहुन्छ भने स्थगित गर्नु राम्रो हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन आमाबुवासँग बित्नेछ। स्वास्थ्यमा सुधार हुनुको साथै राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन अनुकूल छ। परीक्षासँग सम्बन्धित केही शुभ समाचार प्राप्त हुन सक्छ। भौतिक सुख सुविधामा वृद्धि हुने सम्भावना छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सामाजिक मान सम्मान बढ्नेछ । थोरै मेहनतले पनि काममा सफलता मिल्नेछ । प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुन सक्छ । कुनै कार्यक्रम तह समारोहमा सहभागी हुने मनस्थिति आउन सक्छ। आर्थिक अवस्था राम्रो रहनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि आजको दिन अनुकूल छ। रिसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। काममा हतार नगर्नु उचित हुन्छ । योजनाले गति लिनेछ। काममा व्यस्तता बढ्नेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आर्थिक पक्ष बलियो हुनेछ । कार्य स्थलमा नयाँ व्यक्तिसँगको भेटले लाभ मिल्नेछ। मनोरञ्जनका लागि कतै जाने योजना बन्न सक्छ । कुम्भ राशिका व्यावसायीहरुले आज मनग्य लाभ लिन सक्नेछन् ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

साथीभाइसँगको सम्बन्धमा मधुरता रहनेछ। कुनै महत्त्वपूर्ण कार्य सम्पादन गर्ने योजना बन्नेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ। अचानक नजिकको व्यक्तिबाट उपहार प्राप्तिको सम्भावना रहेको छ ।

प्रकाशित : बुधबार, जेठ ०४, २०७९१९:०३

भोलि जेष्ठ ६ गते शुक्रबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !