बास्काेटाकाे गृहनगरमा गठबन्धनले गाड्यो झण्डा !

काठमाडौं,  एमालेका नेता एवं पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर काभ्रेकाे मण्डन देउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवा विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसले जितेकाे छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् ।

मण्डनदेउपुर पूर्व संचारमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर हाे । उनकाे वडामा भने एमालेले प्यानलै जितेकाे भए पनि नगरपालिकामा भने जित्न सकेन । यसअघि एमालेका तर्फबाट जितेका टाेकबहादुर वाइबा अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । उनै वाइवा फेरि मेयर बनेका हुन् ।

मण्डनदेउपुर नगरपालिकाे वडा नम्बर १, ४, ५ र ७ मा एमाले विजयी भएकाे छ । यस्तै २, ३, ६, ९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेकाे छ । यस्तै, ८ नम्बरमा भने माओवादी केन्द्रले जितेकाे छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेकाे छ भने एक जना माओवादी केन्द्रले जितेकाे छ।

वडा नम्बर १ मा कांग्रेस ४ मतले पराजित भएकाे छ । मेयरमा विजयी वाइबाले नाै हजार चार सय ६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका विदुर सापकाेटाले आठ हजार तीन सय ५१ मत ल्याएका छन् ।

उपमेयरमा विजयी विष्णुमणि नेपालले ११ हजार तीन सय पाँच मत ल्याएका छन् । प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार नाै सय २४ मत ल्याएकी छिन् । यहाँ दुई वडाकाे गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका थिए। गणना हुन बाँकी २ वडाकाे मत तीन हजार पाँच सय ३१ मात्र थियाे । जबकी त्यतिबेला नेपालकाे मतान्तरनै तीन हजार ६ सय ११ रहेकाे थियाे । मण्डनदेउपुरमा १२ वडा रहेका छन् भने यहाँ २१ हजार नाै सय ३५ मत खसेकाे थियाे ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९१३:४२

टोपबहादुरको खटानले एमाले मालामाल, अर्घाखाँचीमा शानदार सफलता !