ज्योतिष शास्त्रका अनुसार १७ मे, २०२२ मंगलबारबाट मंगल ग्रह कुम्भ राशिबाट प्रस्थान गरी मीन राशिमा प्रवेश गरेको छ र जुन २७ सम्म मीन राशिमा रहनेछ। मंगल ग्रहको यो गोचर धेरै राशिका लागि निकै फलदायी साबित हुनेछ। त्यस्तै, केही राशिका मानिसका लागि यो समय अशुभ रहनेछ। जान्नुहोस् यी राशिका बारेमा….
मेष राशि
तपाईंको राशिको १२ औं घरमा गोचर भएको छ। यो गोचर शुभ मानिएको छैन। तपाईंको जीवनमा भागदौड बढ्नेछ। लामो यात्राको सम्भावना छ। अनावश्यक खर्च हुनेछ, जसका कारण मानसिक समस्या आउन सक्छ।
सिंह राशि
मंगल तपाईंको राशिको आठौं घरमा प्रवेश गरेको छ। रिसलाई नियन्त्रणमा राखेर स्वास्थ्यको ख्याल गर्नुहोला। जीवनमा अप्रत्याशित उतार चढाव आउनेछ। परिवारसँगको सम्बन्ध पनि बिग्रन सक्छ।
कन्या राशि
तपाईंको राशिको सातौं घरमा मंगलको गोचरले दाम्पत्य जीवनमा अशान्ति ल्याउन सक्छ। साझेदारीको काममा सावधानी अपनाउनुपर्नेछ। कार्यक्षेत्रमा पनि तपाईंका लागि यो समय अनुकूल नरहला। पारिवारिक वातावरण पनि सुखमय नरहला।
वृश्चिक राशि
तपाईंको राशिको पाँचौं घरमा रहेको मंगलको गोचरले राम्रो परिणाम नदिने देखिन्छ। सन्तानको पक्षबाट समस्या आउन सक्छ। पढाईमा बाधा आउन सक्छ। पारिवारिक सम्बन्ध बलियो राख्नुहोस अन्यथा नोक्सान हुनसक्छ।
धनु राशि
तपाईंको राशिको चौथो घरमा मंगलको गोचर अप्रत्याशित हुनेछ। पारिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। कडा मिनिहेत गर्दा पनि सोचे अनुसार परिणाम प्राप्त नहोला।
कुम्भ राशि
तपाईंको राशिको दोस्रो घरमा रहेको मंगलको गोचर उतार–चढावको साबित हुनेछ। आफ्नो क्रोध र जिद्दीलाई नियन्त्रणमा राख्नु होला अन्यथा घाटा बेहोर्नु पर्नेछ। विभिन्न क्षेत्रमा घाटा बेहर्नु पर्ला, सावधान रहनुहोला।
मीन राशि
मंगल तपाईंको राशिको प्रथम भावमा अर्थात् आरोहीमा प्रवेश गरेको छ, जसका कारण तपाईंको स्वभावमा आक्रामकता बढ्न सक्छ। तपाईंको व्यवहार वा कामले तपाईंलाई केही समस्या हुनेछ।