कोर सिटीमा पछि परे बालेन !

काठमाडौँ – काठमाडौं महानगरपालिकामा २७ नं वडाको मतगणना शुरु भएको छ। नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार रहेका केशव स्थापितले आफ्नो राम्रो मत आउने दावी गरिरहेको ‘कोर सिटी’ वडा नम्बर २७ को मतगणना बिहिबारबाट शुरु भएको हो।

सो वडा ५ सय मतगणना भएको छ। जसमध्ये धेरै मत स्थापितले पाएका छन् भने सबै भन्दा कम मत स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएका छन्। लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाउँदा स्थापितले २ सय मत पाएका छन्।

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छिन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार सो वडामा ३ हजार ५ सय ६१ मत खसेको छ।

पछिल्लो मतपरिणाम अनुसार शाहले अहिले सम्म २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार केशव स्थापितको मत १३ हजार ३७ छ। तेस्रो स्थानमा रहेकी सिंहको १२ हजार २ सय ७२ मत छ।

प्रकाशित : बिहिबार, जेठ ०५, २०७९२२:२२

कस्तो रहला आगामी तीन दिनको मौसम ? यसो भन्छन् मौसमविद् !