माओवादी बन्यो तेस्रो ठूलो शक्ति, तर १६ जिल्लामा शून्य ! कहाँ-कहाँ ?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन् ।निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् ।

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ ।

१६ जिल्लामा माओवादी शून्य

देशभरका १ सय ११ पालिकामा जित निकालेपछि माओवादी देशभरका १६ जिल्लामा शून्य हुने अवस्था देखिएको छ। त्यसमा काठमाडौँ उपत्यकाका तीन जिल्ला समेत छन्।

माओवादी शून्य हुने अवस्था देखिएका जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, धनकुटा, संखुवासभा, तेह्रथुम, रसुवा, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व र बाजुरा रहेका छन्।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९११:४४

बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन