के तपाईं पनि देख्नुहुन्छ राति अनौठा र डरलाग्दा सपना ? के हो त यस्ता सपनाको अर्थ ? जान्नुहोस् !

राति सपना देख्नु सामान्य कुरा हो। राति सुत्दा प्रायः सबैले केही न केही सपना देख्छन्। तर, कयौं पटक सपनामा यस्ता कुराहरु देखिन्छन्, जसलाई सम्झेर पनि हामी डराउछौँ। आखिर, ती सपनाहरूको रहस्य के हो? यस्तो डरलाग्दो सपना देख्नु हुन्छ शुभ वा अशुभ ? यी सबै प्रश्नको उत्तर सपना शास्त्रमा लुकेको छ। आज हामी तपाईंलाई यस्ता अनौठो सपनाको अर्थ बताउछौँ।

सपनामा कालो बिरालो देख्नु 

यदि कसैले सपनामा कालो बिरालो देखेमा त्यसलाई अशुभ मानिन्छ। कालो बिरालो देख्नु दुर्भाग्यसँग सम्बन्धित गरिन्छ। यससँगै निकट भविष्यमा कुनै नराम्रो घटना घट्ने संकेत पनि मानिन्छ।

सपनामा कालो छायाँ देख्नु 

सुतेको बेला सपनामा कालो छायाँ देख्नु राम्रो मानिदैन। सपना शास्त्रका अनुसार सपनामा कालो छायाँ देख्नुलाई अन्धकार, मृ-त्यु, शोक, अस्वीकृति, घृणा वा द्वेषको संकेत मानिन्छ। यसको अर्थ तपाईंको जीवनमा चाँडै संकटकाल सुरु हुँदैछ।

सपनामा यात्रा गरेको देख्नु 

धेरै पटक हामी आफैं यात्रा गरिरहेको वा सुतिरहेको बेला यात्राको लागि तयारी गरिरहेको देख्छौं। यस्तो सपना देख्नु राम्रो मानिदैन। यसको मतलब तपाईं जीवनबाट बिदा लिएर बैकुण्ठलोक जाने तयारी गर्दै हुनुहुन्छ। यदि तपाईंले कहिल्यै यस्तो सपना देख्नुभयो भने, तपाईंले निकट भविष्यमा यात्रा नगर्नु होला।

सपनामा घरको छतमा कागहरू बसेको देख्नु 

सपनामा काग देखेमा अशुभ मानिन्छ। वास्तवमा मानिसको मृ-त्यु-पछि उसको सम्झनामा हरेक वर्ष पिण्ड दान अर्थात् कागलाई खाना खुवाइन्छ। यस्तो अवस्थामा सपनामा घरमा काग घुमिरहेको देख्नुभयो भने यसले कुनै अप्रिय कुराको संकेत गर्छ।

सपनामा सर्प देख्नु 

सपना शास्त्रका अनुसार सपनामा सर्प देख्नु कुनै समस्या वा बाधाको संकेत मानिन्छ। यसको मतलब छिट्टै केही समस्याले तपाईंलाई घेर्नेछ वा तपाईंको सुरक्षित र राम्रो काममा बाधा आउनेछ।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१३:०६

शनिको उल्टो चाल, १४१ दिनको समय अत्यन्त शुभ रहने यी ४ राशिलाई !