बारुली कम्मर भन्दा धेरै मड्किने एम्बाप्पेको मन, फेरी पीएसजी मै बस्ने सङ्केत ?

अफवाह मिल पीएसजी स्टारलेट किलियन एमबाप्पे यस गर्मीमा रियल म्याड्रिडमा सामेल हुने कगारमा रहेको रिपोर्टको साथ भरिएको छ, तर फ्रान्सेली अनुसन्धान पत्रकारको क्रिप्टिक पोष्टले कथामा ठूलो ट्विस्ट हुन सक्ने बताएको छ।

२३ वर्षीया स्टारको लिग १ च्याम्पियनसँगको सम्झौता जुनमा सकिने वाला छ र हालसम्म नयाँ सम्झौतामा एम्बाप्पेले हस्ताक्षर गर्न अस्वीकार गरे पनि पेरिस क्लबले उनलाई कायम राख्ने आफ्नो आशा छोडेको छैन। विभिन्न रिपोर्टहरुका अनुसार पीएसजीले एम्बाप्पेलाई पेरिस मै राख्नका लागि १००% इमेज-राइट, फुटबलमा उच्चतम पारिश्रमिक, कप्तानको आर्मब्यान्ड र सबैभन्दा महत्त्वपूर्ण कुरा, क्लबको खेलकुद परियोजनाको हेड बनाउन प्रस्ताव गरेका छन्।

यसले एमबाप्पेलाई आफैं प्रशिक्षकलाई बर्खास्त गर्ने र स्थानान्तरणको सन्दर्भमा निर्णय गर्ने शक्ति दिन्छ – जुन कुनै पनि क्लबले आफ्ना खेलाडीहरूलाई सामान्यतया गर्न दिँदैनन्। अब यस्तो देखिन्छ कि यी सबैले साँच्चै पूर्व मोनाको स्टारलाई पेरिसमा रहन प्रलोभनमा पारेको छ, किनकि पत्रकार रोमेन मोलिनाले यस लामो समयको गाथासँग अप्रत्यक्ष रूपमा एक रोचक ट्वीष्ट पोस्ट गरेका छन्।

उनले लेखे, “पैसा बोल्छ (र जित्छ) [कतारको झण्डा]” यस्तोमा धेरै के अनुमान लगाईरहेका छन् भने पीएसजीको कतारी व्यवस्थापनले विश्वकप विजेतालाई राख्ने युद्ध जितेको छ, जसले रियल म्याड्रिडको सम्झौता अस्वीकार गरेको हुन सक्छ। यसअघि पत्रकार निको शिराका अनुसार लस ब्लान्कोसले एमबाप्पेसँग मौखिक सम्झौता गरेका थिए र उनलाई ठूलो साइन-अन बोनसका साथमा ४० मिलियन युरो प्रति वर्षको पाँच वर्षको सम्झौता प्रस्ताव गरेका थिए।

हजारौं मोड देखिसकेको एम्बाप्पे ट्रान्सफर बारे यो समाचार पनि गलत नहोला भन्न सकिन्न। यस्तोमा, आफ्नो भविष्य बारे अझै पनि प्रष्ट निर्णय गर्न नसकेका एम्बाप्पेले पैसा रोजेर पीएसजी मै बस्छन् वा आफ्नो सपना पूरा गर्न रियल म्याड्रिडसँग अनुबन्ध हुन्छन् भन्ने बारे अब केही समय मै थाहा हुनेछ।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१३:३०

खेलाडीहरु नै उपस्थित हुने लज्जित भएपछि युनाइटेडले रद्द गर्यो वार्षिक अवार्ड कार्यक्रम !