काठमाडौँ – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। नेकपा एमालेका उम्मेदवारसँग कडा टक्करका बीच गठबन्धनले अग्रता कायम राखेको हो।
५६ हजार भन्दा बढी मतगणना हुँदा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेकी रेणुले २१ हजार ४ सय ९२ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १८ हजार २ सय ७० मत प्राप्त गरेका छन्।
रेणु र सुवेदी बीच ३ हजार २ सय २२ मतको अन्तर छ। यस अगाडी ३ हजार ३ सय भन्दा बढी पुगेको रेणुको अग्रता केहि कम भएको छ। अहिले सम्म ५६ हजार ८ सय ४५ मतगणना भैसकेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन्।
प्राप्त जानकारी अनुसार अहिले महानगरको वडा नम्बर ११ र १२ को मतगणना जारी छ। दुवै वडामा मेयरका उम्मेदवार दाहाल र सुवेदीको कडा प्रतिष्पर्धा चलिरहेको छ। वडा नम्बर १२ सुदेदीको गृह वडा पनि हो।