सकियो आठ वडाको मतगणना, दुई वडामा स्थापितलाई बालेन भन्दा दोब्बर मत !

काठमाडौँ – काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ। बिहिबार थप एक वडाको मतगणना सकिएसँगै मतगणना सम्पन्न हुने वडाको संख्या ८ पुगेको हो।

यो समाचार तयार पार्दा सम्म वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिएको छ। यसबीचमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई झनै फराकिलो बनाएका छन्। बालेन शाहले अहिले सम्म २८ हजार ८ सय ८२ मत प्राप्त गरिसकेका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ३ सय १३ मत प्राप्त गरेका छन्। शाह र स्थापित बीच १३ हजार ५७० मतको अन्तर छ। तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन्। उनी स्थापित भन्दा ५ सय १५ मतले पछि छिन् भने शाह भन्दा १४ हजार ८४ मतले पछि छन्।

मतगणना सम्पन्न भएका आठ मध्ये छमा नेकपा एमालेका वडाध्यक्षले जित हात पारेका छन्। वडाध्यक्षमा एमाले विजयी भएका वडाहरुमा १,२, ३, ४, ५ र ३२ हुन्। त्यस्तै २८ र ३० वडामा नेपाली कांग्रेसले कांग्रेस विजयी भएको छ। वडाध्यक्षमा एमाले र कांग्रेसले जितेपछि त्यहाँमा मतदाताहरुले मेयर पदमा बालेन शाहलाई मतदान गरेको देखिन्छ।

त्यस्तै अहिले वडा नम्बर २५ र २७को पनि मतगणना शुरु भएको छ। वडा नम्बर २५ मा शाहले ३२ मत ल्याउँदा स्थापितले ५६ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २२८ मत प्राप्त गर्दा स्थापितले ४३८ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ३१ र २७ नम्बर वडामा ३१८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवारलाई पछाडि पारेकी छन्।

प्रकाशित : शुक्रबार, जेठ ०६, २०७९१४:४६

रेणुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी ! जगन्नाथ पौडेलको के छ खबर ?