काठमाडौँ – हेटौँडा उपमहानगरपालिकामा गठबन्धनले जित्ने पक्का भएको छ। मतगणनाको अन्तिम नतिजा आउनु अगाडी नै गठबन्धनले जित्ने पक्का भएको हो।
गठबन्धनका लागि नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी मीना लामाको अग्रता थप बढेको छ। अहिले सम्म मीनाले २१ हजार ८०२ मत पाइसकेकी छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका अनन्तप्रसाद पौडेलले मात्रै १९ हजार ७०१ पाएकी छन्।
पौडेल मीना भन्दा २ हजार १०१ मतले पछि रहेका छन्। हेटौँडामा कुल ७३ हजार ४ सय १४ मत खसेकोमा करीब ४०० मत मात्र गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
गणना हुन बाँकी मत भन्दा बढी मत अन्तर रहेसँगै मीनाले जित्ने पक्का भैसकेको छ। यस्तै उपमेयरमा कांग्रेसका बानियाँ प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेभन्दा ७ हजार ३४४ मतले अगाडि रहेकी छन्। उनले पनि जित्ने पक्का भइसकेको छ। बानियाँले २६ हजार ४४६ मत प्राप्त गर्दा काफ्लेले १९ हजार १०२ मत पाएकी छन्।