एजेन्सी – यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा बराबरीबाट लिगको अन्त्य गरेको छ । रियलले घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरी खेल्दै सिजनको अन्त्य गरेको हो ।
सान्टियागो बर्नबेउमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
यो नतिजासँगै च्याम्पियन बनिसकेको रियलले ३८ खेलबाट ८६ अंक जोड्यो । यो सिजन उच्च प्रदर्शन गरेको रियलले २६ खेलमा जित, ८ बराबरी र ४ हारको नतिजा निकाल्यो । रियलले यो सिजन ला लिगामा स्पान्योल, गेटाफे, बार्सिलोना र एट्लेटिको म्याड्रिडसँग हार बेहो¥यो ।
अन्तिम खेलमा च्याम्पियन रियललाई बराबरीमा रोक्न सफल रियल बेटिसले पाँचौ स्थान पक्का गर्दै अर्काे सिजनको युरोपा लिग खेल्ने पक्का गरेको छ ।
यस्तै अन्तिम खेलमा रायो भालेकानोलाई ४–२ ले पराजित गरेको लेभान्टे रेलिगेसनमा परेको छ । लेभान्टेले ३८ खेलबाट ३५ अंक जोड्दै १९औं स्थानमा रह्यो । पराजित रायो भालेकानो ४२ अंक जोडेर १२औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।