ज्योतिषशास्त्रका अनुसार शुक्र धन, सुख र प्रेमको ग्रह हो। शुक्रको गोचरले यी सबै पक्षहरूलाई असर गर्छ। कुण्डलीमा शुक्र ग्रह कमजोर भएमा व्यक्तिले गरिबीको सामना गर्नुपर्ने हुन्छ, उसको प्रेम जीवन नीरस हुन थाल्छ। दाम्पत्य जीवनमा समस्या आउनेछ। वृष र तुला राशिको स्वामी शुक्र हाल मीन राशिमा रहेको छ र २३ मे २०२२ अर्थात् भोलि राति ०८:५४ मा शुक्र ग्रह मेष राशिमा प्रवेश गर्नेछ। यसपछि १८ जुन २०२२ सम्म यो राशिमा रहनेछ। यस अवधिमा ५ राशिका व्यक्तिको व्यक्तिगत जीवनमा नराम्रो प्रभाव पर्नेछ।
कर्कट राशि
कर्कट राशिका मानिसहरूलाई व्यापारमा समस्या आउन सक्छ। कार्यस्थलमा समस्या आउन सक्छ। कार्यक्षेत्रमा वरिष्ठहरूसँग विवाद हुन सक्छ। स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। जीवन साथीसँग विवाद हुनसक्छ। यो समय धैर्यपूर्वक रहनु र विवादबाट टाढा रहनु राम्रो हुनेछ।
कन्या राशि
कन्या राशि भएका व्यक्तिहरुको करियरको लागि यो समय राम्रो रहनेछ तर सम्बन्धमा धेरै समस्याहरुको सामना गर्नु पर्नेछ। घरमा आमाबुवासँग विवाद हुन सक्छ। जीवनसाथी र ससुरालीसँगको सम्बन्ध पनि बिग्रन सक्छ। सावधान रहनुहोस्।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले आफ्नो करियरमा उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। शत्रुहरुले हानि पुर्याउन प्रयास गर्न सक्छन्। यात्रामा जान सकिनेछ तर त्यसबाट फाइदा हुने सम्भावना न्युन हुनेछ। व्यापारीहरुलाई पनि समस्या पर्न सक्छ।
धनु राशि
धनु राशिका व्यक्तिहरूले व्यक्तिगत जीवनमा घाटा व्यहोर्न सकिन्छ। जीवनसाथीसँगको विवादले घरमा तनाव सिर्जना गर्न सक्छ। यो समय सम्बन्धको बारेमा सावधानीपूर्वक बिताउनु पर्नेछ।
मीन राशि
मीन राशि हुनेहरुका लागि यो समय कठिन रहनेछ। तपाईंको छवि खराबा हुनसक्छ। शत्रुहरूले कार्यस्थलमा तपाईंको छविलाई धमिलो पार्न सक्दो प्रयास गर्नेछन्। परिवारमा पनि मतभेद हुन सक्छ। अनावश्यक खर्च नगर्नुहोला।