को बन्ला प्रिमियर लिग च्याम्पियन ? दुवै टोलीको खेल कुन-कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको उपाधिको आज टुंगो लाग्दैछ। सिजनको शुरुवात देखि उपाधिको लागि तिब्र प्रतिष्पर्धा हुँदै आएकोमा सिजनको अन्तिम खेलबाट च्याम्पियनको टुंगो लाग्ने भएको हो।

आज लिभरपुल र म्यानचेस्टर सिटी मध्ये एक प्रिमियर लिग च्याम्पियन्स घोषित हुनेछ। हालको अवस्थामा सिटी प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ भने लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ।

सिटी र लिभरपुल बीच मात्रै एक अंकको अन्तर रहेको छ। जारी सिजनमा लिभरपुल मात्रै दुई खेलमा पराजित हुँदा सिटी तीन खेलमा पराजित भएको छ। सिजनका ३७ खेल मध्ये २८ खेलमा सिटीले जित निकाल्दा लिभरपुलले २७ खेलमा जित निकालेको छ।

सिटीको ९० अंक छ भने लिभरपुलको ८९ अंक छ। आज दुवै टोलीले दुई फरक टोलीको सामना गर्दैछन्। आज लिभरपुलले वुल्भ्सको सामना गर्दा सिटीले एस्टन भिल्लाको सामना गर्नेछ।

आजको खेलमा सिटीले जित निकालन नसकेको खण्डमा मात्रै लिभरपुलले प्रिमियर लिग जित्न सक्नेछ। त्यसको लागि उसले जसरी पनि वुल्भ्सलाई हराउनुपर्नेछ। त्यस्तै लिभरपुल वुल्भ्ससँग हारेको अथवा बराबरीमा रोकिएको अवस्थामा पनि सिटी प्रिमियर लिग च्याम्पियन बन्नेछ।

लिभरपुल र वुल्भ्स बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ भने सिटी र भिल्ला बीचको खेल स्टार स्पोर्ट्स सेलेक्ट २ मा हेर्न सकिनेछ। दुवै खेल नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

प्रकाशित : आइतबार, जेठ ०८, २०७९१३:५०

फ्लोरेन्टिनो पेरेजलाई यस्तो म्यासेज गरेर आफू रियल नआउने बताएका रहेछन् एम्बाप्पेले !