सन् २०२१-२२ को सिजन: मेस्सीको रफ्तारमा ब्रेक लागेको सिजन !

एजेन्सी – गत वर्ष अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। मेस्सी पिएसजी पुग्दा सर्वत्र क्लबले च्याम्पियन्स लिग जित्ने चर्चा थियो। मेस्सी, नेयमार र किलियन एम्बाप्पेको ट्रियोले पिएसजीलाई पहिलो च्याम्पियन्स लिग दिलाउने धेरैको अनुमान र आशा रहेपनि त्यो पूरा हुन सकेन।

डेढ दशक भन्दा बढी समय बार्सिलोनामा रहेका उनी पिएसजी पुगेपछि पहिला जस्तो लयमा छैनन्। नयाँ क्लब, नयाँ शहर, नयाँ सहकर्मीहरुसँग घुलमिल हुन मेस्सीलाई समय लागिरहेको छ।

मेस्सीले पिएसजी गएपछि पहिलो गोल गर्न नै धेरै समय लगाएका थिए। सन् २०२१-२२ को सिजनमा मेस्सीले पिएसजीका लागि कुल ३४ खेल खेलेका छन्। त्यसमा मेस्सीले मात्रै ११ गोल गरेका छन् भने १४ असिस्ट दिएका छन्।

मेस्सीले यति कम गोल गरेको धेरै समय पछि हो। मेस्सीले फ्रेन्च लिग वानमा २६ खेल खेल्दा ६ गोल मात्रै गर्न सके। तर उनले लिगमा १४ असिस्ट भने दिन सके। त्यस्तै च्याम्पियन्स लिगमा पनि मेस्सीको प्रदर्शन खास रहेन।

मेस्सीले च्याम्पियन्स लिगमा ५ गोल मात्र गर्न सके। ७ खेल खेल्दा मेस्सीले सो संख्यामा गोल गरेका हुन्। च्याम्पियन्स लिगमा मेस्सीको नाममा एक असिस्ट पनि छैन।

नयाँ क्लबमा पुगेपछि गठिन अवस्थाबाट गुज्रनुपरेपनि मेस्सीले जेन टेन यो सिजन कटाए। अब मेस्सी प्रि-सिजन पिएसजीको टोलीमा थल सेटल हुने र नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछन्। आउने सिजन मेस्सीले के कस्तो प्रदर्शन गर्छन् भन्ने कुरामा सबैको चासो छ।

प्रकाशित : आइतबार, जेठ ०८, २०७९१५:१७

छुट्टाछुट्टै कोठामा सुतेका बुबा र छोराको हत्या !