बालेन कटाए ४४ हजार !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४४ हजार १ सय ८३ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ८ सय ३५ मत प्राप्त गरेकी छन् ।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २५ हजार २२ मत ल्छयाएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४५ हजार ८ सय ७५ मत ल्याएर अग्रस्थानमा छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत पाएका छन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रकाशित : सोमबार, जेठ ०९, २०७९१०:२६

आज हुँदै रिभर फल्स पावरको आईपीओको बाँडफाँड, कतिको चम्किनेछ भाग्य ?