एमालेसँग हात मिलाएका कमल थापा बिच्किए, सहकार्य बेकार भएको निष्कर्ष !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरिएको सहकार्य परिणाममुखी हुन नसकेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्नेक्रममा थापाले स्थानीय तहको निर्वाचनमा एमालेसँग भएको सहकार्यले अपेक्षा गरेजस्तो परिणाम दिन नसकेको बताएका हुन्।

व्यवहारिक र रणनीतिकरुपमा एमालेसँग सहकार्य गर्ने निर्णय ठीक भएपनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको थापाको भनाई छ।

थापाले भने,”चुनावमा हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन। यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ।”

स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै अपेक्षा नराखेको थापाले बताए। स्थानीय तहको निर्वाचनबाट खासै केहि परिणाम प्राप्त नहुने अवस्थामा समेत पार्टी निर्वाचनमा गएको थापाको भनाई छ। चुनाव बहिष्कार गर्दा गलत सन्देश जाने सम्भावना रहेका कारण निर्वाचनमा पार्टीले भाग लिएको थापाले बताए।

“हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो । प्रजातन्त्र र जनसर्वोच्चताको सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिकरुपमा भएपनि हामीले चुनावमा भाग लियौँ ।”,थापाले भने।

प्रकाशित : सोमबार, जेठ ०९, २०७९१५:२९

कांग्रेसले भन्यो – ‘निर्वाचनमा एमालेले धाँधली गर्यो’