नेपालभन्दा इन्धन भारतमा सस्तो ! कति छ मूल्यमा अन्तर ?

काठमाडौं । केही समय अघिसम्म भारतको तुलनामा नेपालमा प्रतिलिटर १५ देखि २५ रुपैयाँको हाराहारीमा पेट्रोल र डिजेल सस्तो हुन्थ्यो । तर, पछिल्लो समयमा भारत सरकारले कर घटाएका कारण नेपालभन्दा भारतमा इन्धन सस्तो भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

भारतमा पेट्रोल प्रतिलिटर भारु ८५ रुपैयाँ (१३६.१३ नेपाली रुपैयाँ) देखि अधिकतम भारु १०८ रुपैयाँ (१७२.९६ नेपाली रुपैयाँ) मा सोमबारदेखि बिक्री भइरहेको छ । डिजेल प्रतिलिटर भारु ७९ रुपैयाँ (१२६.५२ नेपाली रुपैयाँ) देखि अधिकतम भारु ९५ रुपैयाँ (१५२.१४ नेपाली रुपैयाँ) मा बिक्री भइरहेको छ ।

यसैगरी खाना पकाउने ग्याँस प्रतिसिलिण्डर भारु १०२ रुपैयाँ (१६०४.७० नेपाली रुपैयाँ) देखि अधिकतम भारु १०५० रुपैयाँ (१७८१.५८ नेपाली रुपैयाँ) मा बिक्री भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धनका कारण महँगी चरम बिन्दुमा पुगेपछि सर्वसाधारणलाई राहत दिने उद्देश्यले शनिबार पेट्रोल र डिजेलको उत्पादनमा लाग्ने अन्त शुल्कमा कटौति गरेका हुन् ।

जसअनुसार पेट्रोलतर्फ भारु ८ रुपैयाँ (१२.८१ नेपाली रुपैयाँ) र डिजेलतर्फ भारु ६ रुपैयाँ (९.६१ नेपाली रुपैयाँ) कटौति गरिएको छ । यसअघि २०७८ साल कात्तिक १८ गते पनि भारत सरकारले उत्पादनमा लाग्ने अन्त शुल्कमा कटौति गरेको थियो । त्यतिबेला पेट्रोलमा भारु ५ रुपैयाँ (८ नेपाली रुपैयाँ) र डिजेलमा भारु १० रुपैयाँ (१६ नेपाली रुपैयाँ) अन्त शुल्क कटौति गरेको थियो ।

प्रकाशित : मङ्गलबार, जेठ १०, २०७९०९:२३

रेणुले जित्दा शीर्ष नेताका अरु आफन्त तथा परिवारबाट कसले जिते, कसले हारे ?