काठमाडौँ – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेले जित हाँसिल गरेको छ। एमालेको तर्फबाट काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोल विजयी भएको हुन्।
डंगोल उपमेयरमा मतगणना नसकिँदै उपमेयरमा विजयी भइन्। उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठलाई ठूलो मतअन्तरले पराजित गरिन्।
काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत प्राप्त गरिन्। श्रेष्ठले भने २० हजार ६८६ मतमात्र प्राप्त गरे।

